Fri. Mar 29th, 2024

कात्तिक १ गते हङकङमा हुने भनिएको नेफ्टा अवार्ड २ दिन पर सरी कात्तिक ३ गते हुने भएको छ । केहि प्राविधिक समस्याका कारण नेफ्टा अवार्ड ३ गते हुन लागेको चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताएका छन् । अब कात्तिक ३ गते हङकङमा नेफ्टा अवार्ड हुनेछ । रिद्धी सिद्धी ज्वेलर्स ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गरेको नेफ्टा अवार्डलाई नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो ।

neftaकात्तिक ३ गते हङकङमा हुने उक्त कार्यक्रममा करिब २०० जना कलाकारहरु हङकङ जाने छन् । त्यो व्यबस्था रिद्धी सिद्धी ज्वेलर्सले मिलाउने छ । यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: