Fri. Mar 29th, 2024

shree-5-amabre-keki-saugat-fbमांसिर ५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेको अर्को र्शीष गीत रिलिज भएको छ । ‘आँखै अघि जल्यो मेरो’ नामक बोलको सार्वजनिक गीतमा सौगात मल्ल र केकी अधिकारीको अभिनय देख्न सकिन्छ भने गीतमा बालकलाकारहरु अविरल अधिकारी र सफोला भट्टराईको अभिनय समेत रहेको छ । शिव परियारको स्वरमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेका उक्त गीतलाई लेखक समेत रहेका अभिमन्यू निरवीले लेखेका हुन् । जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । फिल्ममा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । टि.एन. आचार्य र दिपक आचार्यले चलचित्रमा लगानी गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

http://www.youtube.com/watch?v=QkUkAhWrZGE

%d bloggers like this: