Fri. Apr 26th, 2024

काठमाडौंमा रहेको कुमारीहलमा शुक्रबारबाट २७ देशका ६९ छोटा फिल्मको प्रदर्शन सुरु भएको छ । असोज ३ गते देखी ५ गते सम्म चल्ने छोटा फिल्महरुको मेला ‘एकादेशमा’ फिल्म फेष्टिवलमा ६९ फिल्म प्रदर्शन हुने छन् । कार्यक्रममा फूलको माला र सुनको माला गरेर दुई खण्ड बनाइएको छ ।

14091718hahaफूलको माला खण्डमा नेपाली र विदेशी फिल्मविच प्रतिस्पर्धा हुने भएको छ भने सुनको माला खण्डमा कलाकार, निर्माता, निर्देशक, छायाँकार लगायतसंग अन्तरसंवाद गरिने कार्यक्रम निर्देशक अविनाश बिक्रम शाहले बताए । बालबालिका देखि सामाजिक बिषयका चलचित्र फेस्टिभलमा देखाइएको छ । विगतका वर्षका तुलनामा दर्शकहरु बढेका कारण कार्यक्रम गर्न हौसला मिलेको निर्देशक अविनाशले बताए ।

%d bloggers like this: