Fri. Apr 26th, 2024

पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाषको ‘यात्रा दोबाटोको’ नामक गीतले यति बेला बजारमा राम्रो प्रतिक्रिया बटुल्दै गएको छ । कमल खत्री र शशी रावलको स्वरमा रहेको उक्त गीतमा शब्द,संगीत घेतन गुरुङको रहेको छ । सार्वजनिक गीतको सम्पादन पाटो निकै आकर्षक देखिएको छ जस कारण पनि चलचित्रको गीतको रौनकता अझै बढ्दै गएको छ ।

aaaचलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने गोविन्द शाही, पवन श्रेष्ठ र दिपक शाहीले चलचित्र आभाषलाई निर्माण गरेका हुन् । पछिल्लो समय निकै आशावादी चलचित्रको रुपमा चलचित्र आभाषलाई हेरिन थालिएको छ । चलचित्रमा निशा अधिकारी,संयम पुरी,आष्मा डिसी,सलोन बस्नेतको भुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ भने सुनिल रावल, प्रकृती श्रेष्ठको पनि अभिनय चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा सुजेन्द्र ध्वज कार्की,घेतन गुरुङ,प्रकाश नेपाली र सुरेन्द्र पौडेलको संगीत रहेको छ भने चलचित्र आभाषमा छायंकन पुरुषोत्तम प्रधान,द्धन्द्ध चन्द्र पन्त,श्रृंगार सरोज बुढाथोकीको रहेको छ । ३५ दिन लगाएर काठमाडौं,पोखरा,जिरी,मुडे लगायतका स्थानमा चलचित्रको छायंकन गरिएको थियो ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=OeRpvdZrsvQ

%d bloggers like this: