Sat. Apr 27th, 2024

1_072414061215बलिउडका एक्सन नायकका रुपमा परिचित बलिउडस्टार रितिक रोशनले धेरै चलचित्रमा एक्सन भुमिकामा देखिने गरेका छन् । तर पछिल्लो पटक प्रदर्शनमा आउन लागेको चलचित्र बैंग बैंग मा रितिकले अहिले सम्म खेलेको फिल्म भन्दा निकै खतरनाक एक्सन भुमिकामा देखिने भएका छन् । बैंग बैंग चलचित्रमा उनले आफ्नो शरिरलाई जोखिममा राखेर उनले निकै भयानक एक्सन दृश्य दिएका छन् जो अहिले सम्म बलिउडमा मात्र होइन हलिउडमा सम्म कसैले गर्न सकेका छैनन् । तर चलचित्र बैंग बैंग मा रितिकको भुमिका चै कस्तो छ त्यो भन्ने अहिले सम्म खुलाइएको थिएन तर रितिक आफैले आफु चलचित्र बैंग बैंग मा कोहिनूर हिरा चोरेको देख्न सकिने बताएका छन् । अरु केहि कुरा खुलाउन नचाएका रितिकले सो कोहिनूर हिरा चोरेपछि पुलिस आफ्नो पछि लागेको सम्मका केहि घटना भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । फिल्म अक्टुबर २ मा रिलिज हुदैछ जसमा कैटरीना कैफ र रितिक रोशनको मुख्य भुमिका देख्न सकिन्छ ।

%d bloggers like this: