Thu. Apr 25th, 2024

भाद्र २० गते बाट देशभर प्रदर्शनमा आएकोे चलचित्र ‘बिर्खेलाई चिन्छस’ ले प्रदर्शनमा आएको करिब १३ औं दिनमा आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ । नेपालका करिब ४० वटाहलमा प्रदर्शन आरम्भ गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस’ ले हिजो सम्मको व्यापार हेर्दा करिब ९० लाख ग्रस कलेक्शन गर्न सफल भएको चलचित्रका कलाकार तथा निर्माता सुवास थापाले बताएका छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको क्रेज नघटिरहेको अबस्थामा देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘बिर्खेलाई चिन्छस’ लाई दर्शकले राम्रै मन पराएको चलचित्रको आम्दानीबाट सजिलै अनुमान लगाउन सकिन्छ ।

birkhaiएक साथ प्रदर्शनमा आएको बलिउड चलचित्र तर नेपाली कलाकार सुनिल थापाले अभिनय गरेको चलचित्र ‘मेरी कोम’ सगँ बिर्खेले प्रदर्शन सुरु गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र मेरी कोमले राम्रो व्यापार गर्न नसकेको बताइएको छ । तर नेपाली चलचित्र ‘बिर्खेलाई चिन्छस’ ले नेपालबाट आफ्नो लगानी सुरक्षित गर्न सफल भएपछि यति बेला चलचित्रका सबै टिम हौसिएका छन् । चलचित्र ‘बिर्खेलाई चिन्छस’ विदेशका विभिन्न ठाँउमा पनि माग बढ्दै गएको छ । सुवासका अनुसार चलचित्र ‘बिर्खेलाई चिन्छस’ विदेशका विभिन्न ठाँउहरुमा पनि प्रदर्शन गरिने छ । अहिले पनि चलचित्र ‘बिर्खेलाई चिन्छस’ देशका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रलाई कलाकार सुवास थापाले निर्माण गरेका हुन् । चलचित्रमा सुबास थापा,विनिता खड्का,आयुषा राई आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई अराज केशव गिरीले निर्देशन गरेका हुन् ।

%d bloggers like this: