Thu. Apr 25th, 2024

bindabasiniहिजो काठमाडौंको प्रज्ञा भवनमा भएको ‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ २०७१’ भब्यताका साथ सम्पन्न भएको छ । विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भएका ‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ २०७१’बाट भजनशिरोमणि भक्तराज आचार्यको हातबाट वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ५० हजार १ रुपैया नगद र ताम्रपत्रसहित ‘संगीतकर्मी सम्मान’बाट सम्मानित भएका छन् । त्यस्तै विन्ध्यवासिनी फाउण्डेसनका आजीवन सदस्यहरु सत्य र स्वरुपराज आचार्य, प्रमोद खरेल, रजिना रिमाल, योगेन्द्रमणी दाहाल, गोविन्दप्रसाद उपाध्यायलगायत ३६ जनालाई कार्यक्रममा सम्मान गरिएको थियो भने आगामी मंसिर २६ गते राजधानीमा हुने ‘पाँचौ रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड’को ३१ विधाको मनोनयन परेका संगीतकर्मीलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरु शान्तिप्रिय, अनन्त वाग्ले, नवराज लम्साल, डब्बु क्षेत्री, राजन घिमिरे, श्याम स्मृत, सुब्रत आचार्य, राज श्रेष्ठ, राजाराम फुँयाल, रेमणदास श्रेष्ठ, सविना कार्की, गोविन्द गिरी, चन्द्रमणी गौतम, राजु बोहरा, नविन दाहाल र सुर्यकुमार क्षेत्रीलाई जनही ५ हजार रुपैंयाँसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो ।

%d bloggers like this: