Wed. Apr 24th, 2024

केहि दिन अगाडी कलाकारहरुले सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेटि कलाकारहरुको बर्गीकरण गर्ने भन्ने कुराले चौतर्फी विरोध आउदै गर्दा यस विषयमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफ्नो मुख खोलेका छन् । हिजो सेन्सरका पदाधिकारीहरु सगँको विषेश भेटमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफुहरुले कलाकारहरुको बर्गीकरण गर्न नखोजेको स्पष्ट पारेका छन् । मन्त्री रिजालले ‘कलाकारलाई बर्गीकरण गर्न नभई सुविधा दिन खोजेको भन्दै कलाकारहरुको बर्गीकरणको कुरा आफुहरुले नउठाएको पनि बताए ।’

10168174_601173899968602_4226089534972625773_n‘कलाकारहरुलाई सरकारले सुविधा दिन खोजेको हो’- मन्त्री रिजालले भने ‘त्यसको बारेमा अहिले गृहकार्य भइरहेको छ ।’ सरकारले कलाकारहरुको बर्गीकरण गर्नका लागी कार्यदल समेत बनाईसकेको छ । तर मन्त्री रिजालका अनुसार उक्त कार्यदल कलाकारहरुको बर्गीकरण गर्न नभई कलाकारहरुलाई सेवासुविधा दिनका लागी कार्यदल निर्माण गरेको बताएका छन् । कलाकारहरुको बर्गीकरणको विषयलाई लिएर चलचित्र कलाकार संघले विरोध गर्दै आएको थियो ।

%d bloggers like this: