Fri. Apr 19th, 2024

namrata shresपछिल्लो समय व्यस्त नायिकाको रुपमा चिनिदै आएकी नायिका नम्रता श्रेष्ठ अब दर्शकमाझ गीत प्रस्तुत गर्ने भएकी छिन् । पछिल्लो पटक प्रदर्शनमा आएका केहि चलचित्रले राम्रो व्यापार गर्न छोडेपनि चलचित्रक्षेत्रमा केहि सुस्ताएकी नम्रता अब दर्शकका माझ गीत गाउने भएकी छिन् । तर नम्रताले अहिले सम्म गीत गाएकी भने छैनन् । नम्रताको आफ्नै कम्पनि हाइली हाइ र अपारेल कम्पनि भुटु इन्टरटेनमेन्टले पोखरा र काठमाडौमा कन्सर्ट गर्न लागेको हो । अब आउदो शनिबार पोखरामा र अर्को शनिबार काठमाडौंमा हुने कन्सर्टमा नायिका नम्रता श्रेष्ठले दर्शकलाई गीत गाएर मनोरञ्जान दिने छिन् । अब हेर्न बाँकी यो छ कि प्राय चलचित्रमा दर्शकलाई रुवाउन माहिर मानिने नम्रता गीत गाएर भने कतिको दर्शकलाई मनोरञ्जान दिने छिन् । चलचित्र ताण्डवका दुई कलाकार आशिष राना लाउरे र गीरीश खतीवडा साथ नम्रताले गीत प्रस्तुत गर्ने छिन् । नम्रताका अनुसार उनी मेलोडियस गीत गाउने छिन् ।

%d bloggers like this: