Fri. Apr 26th, 2024

असोज १५ अर्थात फुलपातीका दिन देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र हिम्मतवाली प्रदर्शन आउनु अगाडी नै रेखाले चलचित्र ‘रामप्यारी’ निर्माण गर्ने घोषण गरेकी छिन् । आज काठमाडौंमा चलचित्र हिम्मतवालीका विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेकी रेखाले चलचित्र ‘रामप्यारी’ को फागुन देखी छायंकन सुरु हुने पनि बताएकी छिन् । चलचित्र रामप्यारीमा टेम्पु चालक महिलाको कथा समेटिने बताउदै उक्त कथाको मुख्य पात्रमा आफुनै देखिने समेत रेखाले बताएकी छिन् । तर एउटा आर्चश्यको कुरा यो छ रेखाले अहिले सम्म टेम्पोमा यात्रा गरेकी भने छैनन् तर टेम्पो चलाउने महिलाको कथामा चलचित्र रामप्यारी निर्देशन गर्ने भन्ने कुराले एकछिन पत्रकार सम्मेलन हाँसोको मैदान जस्तो पनि भयो ।

rekhaतर रेखाले अहिले सम्म आफु टेम्पोमा यात्रा नगरेपनि आफु टेम्पोमा चड्दाको अनुभब भने पक्कै लिने बताइन् । एउटा कुरा याद रहोस कि चलचित्र रामप्यारीमा भने हिम्मतवालीमा रेखाले डेब्यु गराएका सुदर्शन गौतम नदेखिने लगभग पक्का भएको छ । स्रोतका अनुसार रेखाले चलचित्र रामप्यारीमा नयाँ कलाकार भित्राउने सुरमा रहेकी छिन् । फागुन देखी चलचित्र रामप्यारीको निर्माण कार्य सुरु हुने बताउदै रेखाले चलचित्र हिम्मतवालीको विषयमा पनि पत्रकार माझ केहि खुलाइन् । उनले भनिन् ‘अब चलचित्र हिम्मतवाली पुर्ण रुपमा तयार भइसक्यो अब हामी चलचित्रको प्रदर्शन मिति कुरेर बसेका छौ ।’ चलचित्र हिम्मतवालीलाई रेखा थापाले नै निर्देशन गरेकी हुन् । यो चलचित्र रेखाको पहिलो निर्देशित फिल्म समेत रहेको छ । उनले भनिन् हाम्रो युनिटले चलचित्र हिम्मतवालीलाई राम्रो बनाउने प्रयास गरेका छौ त्यसैले म विस्वस्त छु कि चलचित्र हिम्मतवाली आम दर्शकले मन पराउनु हुन्छ भन्नेमा । चलचित्रमा रेखाले दुवै हात नभएका सुदर्शन गौतमलाई मुख्य भुमिकामा देखाएकी छिन् भने रेखा थापा सुदर्शनको प्रमीकाको भुमिकामा देखिदै छिन् । चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन् सरस्वती थापा रेखाकी आमा समेत हुन् ।

%d bloggers like this: