Sat. Apr 20th, 2024

10615580_897882416908216_1001015838010381667_nमंसिर ५ गते अलनेपाल रिलिजको तयारीमा रहेको जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्र श्री ५ अम्बरेले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । मंगलबार सेन्सरका सदस्यहरुलाई चलचित्र देखाएपछि सेन्सर बोर्डले श्री ५ अम्बरेलाई पिजी सर्टिफिकेट दिएको हो । अन्तराल जस्तो सफल चलचित्र निर्देशन गरेकी दीपा बस्नेतले चलचित्र श्री ५ अम्बरेलाई पनि निर्देशन गरेकी हुन् ।

10408932_914232878606503_1098866137577975507_n‘श्री ५ अम्बरे’ले समाजमा रहेको राजा बन्न चाहने एक पात्रको कथामा आधारित भएर चलचित्र निर्माण गरेको चलचित्रकी निर्देशक दिपा बस्नेतले बताइन् । चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतले अभिनय गरेका छन् । टि.एन. आचार्य र दिपक आचार्य ले चलचित्रमा लगानी गरेका छन् ।

%d bloggers like this: