Thu. Mar 28th, 2024

maha jatraसेप्टेम्बर २१ तारिखका दिन अमेरिकामा हुन लागेको ‘मह जात्रा’ का लागी नेपालका चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण क्षेष्ठ अमेरिका पुगेका छन् । पशुपतिनाथ फाउन्डेसनले दक्षिण क्यालिफोर्नियाको लस एन्जलसमा बस्ने नेपालीहरुलाई बडा दशैंको अवशर पारेर उक्त ‘मह जात्रा’ हुन लागेको हो । पशुपतिनाथ बुद्ध मन्दिरको सहयोगार्थ ‘मह जात्रा’ हुन लागेको अमह जात्रामा हाँस्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण क्षेष्ठले आफ्नो हाँस्य प्रस्तुती प्रस्तुत गर्नेछन् । अमेरिकामा हुन लागेको ‘मह जात्रा’ का लागी अभिनेत्री बसुन्धरा भुषाल, हाँस्य कलाकार किरण केसी र शिवहरी पौडेल,हरिवंशकी श्रीमती रमिला र हरिवंशका छोरा मोहित पनि पनि अमेरिका पुगेका छन् ।

%d bloggers like this: