Tue. Apr 23rd, 2024

मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र हमजाएगाको आइटम र प्रोसनल गीत रिलिज भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र हमजाएगाको उक्त गीत रिलिज गरिएको हो । हमजाएगा उपनामले चिनिने प्रख्यात दार्जिलिङे सवारी चालक दलबहादुर गुरुङको बास्तविक कथामा आधारित भएर चलचित्र हमजाएगा निर्माण भएको चलचित्रका निर्देशक सुरेन्द्र पुनले बताए ।

10635939_914203825276075_2182071826137960909_nचलचित्रमा बाबु बोगटी, मनोज आरसी र विल्सनविक्रम राई ,पार्वती राई, ऋचा धिताल, सपना श्रेष्ठको मुख्य भुमिका रहेको छ । कार्यक्रममा बाबु बोगटी, मनोज आरसी र विल्सनविक्रम राईको उपस्थिति रहेको थियो । चलचित्रमा कुनै पनि हेर्न नसक्ने दृश्य नभएको बताउदै चलचित्रका निर्देशक पुनले चलचित्र हमजाएगा सब परिवार एक साथ बसेर हेर्न मिल्ने बनेको बताए । चलचित्रमा निर्देशक पुन आफैले संगीत दिएका छन् । चलचित्रलाई टंक गुरुङ्, सुर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द र कमल राईको नृत्य निर्देशन रहेको छ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=jOwQZtZc1bA#t=47

%d bloggers like this: