Fri. Apr 19th, 2024

pic-3फागुन २५ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अझै पनि’ ले आज बाट औपचारिक रुपमा नै चलचित्रको प्रचार प्रसारको थालनी गरेको छ । आज काठमाडौंको कमलादिमा रहेको गणेश मन्दिरमा पुगेर चलचित्र ‘अझै पनि’ का सम्पुर्ण युनिटले पुजाआजा गरि औपचारिक रुपमा चलचित्रको प्रचार प्रसारमा जाने घोषण समेत गरेको छन् । सुदर्शन थापा प्रोडक्शनको प्रस्तुती तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा  ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । प्रचारको थालनी गर्न निर्माता पूनम गौतम, निर्देशक आलोक नेम्वाङ, कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल ,छायांकार राजेश श्रेष्ठ र सह-निर्देशक बसन्त अधिकारी समेतको उल्लेखनिय सहभागीता रहेको थियो । पुजाआज पछि सञ्चारकर्मीहरु सगँ संक्षिप्त कुराकानी गर्दै चलचित्रका निर्देशक आलोक नेम्वाङ्ले प्रचार-प्रसारको पहिलो सामग्री स्वरुप केहि दिन भित्रमा नै चलचित्रको पहिलो गीत सार्वजनिक गरि चलचित्रको प्रचार प्रसारलाई व्यापक रुपमा लाने बताए । चलचित्र अझै पनिले समाज र त्यसभित्रका कथालाई बोल्ने निर्देशक नेम्वाङ्ले बताए । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्त,विजय लामा, बिशाल ढूङ्गाना, रामशरण पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरुको मख्य भुमिका चलचित्रमा देख्न सकिन्छ ।

%d bloggers like this: