Wed. Apr 24th, 2024

चलचित्र पुर्णरुपमा निर्माण भएता पनि अहिले सम्म प्रदर्शन मिति तय नगरिसकेको चलचित्र विधवाको आज काठमाडौंको कमलादीमा रहेको विग सिनेमा हलमा प्रिमियर शो देखाइएको छ । दलित विधवालाई घर, परिवार र समाजले कस्तो व्यबहार सम्म गर्ने गर्छन भन्ने कथालाई चलचित्रले बोकेको छ । चलचित्र हेर्न पुगेका राजनितिज्ञ देखी कलाकारहरुले चलचित्र निकै राम्रो बनेको भन्दै तारिफ गरेका थिए । एमाले नेता प्रदिप ज्ञवाली,विष्णु पौडेल तथा कलाकार निर्माता निर्देशकहरुको पनि प्रिमियर शोमा बाक्लै उपस्थिति रहेको थियो ।

bidawaचलचित्र विधवा हेरेपछि मनोरञ्जन संसारडटकम सगँ विषेश कुराकानी गर्दै नेताद्धय प्रदिप ज्ञवाली र विष्णु पौडेलले चलचित्रले सामाजिक कथा बस्तुलाई चित्रण गरेको हुनाले चलचित्र विधवाले नेपाली समाजमा राम्रो सन्देश दिने बताए । आफुलाई चलचित्र निकै राम्रो लागेका कारण सम्पुर्ण दर्शकहरुलाई पनि चलचित्र निकै मन पर्नेमा दुई नेताले विस्वास व्यक्त गरेका छन् । चलचित्रमा सोनु घिमिरे, दिलिप रायमाझी, विद्या कार्की,मनोज श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रमा अधिवक्ता मनोज श्रेष्ठले पटकथा,संवाद,निर्देशन रहेको छ भने गिरी प्रसाद सुनारले चलचित्रमा लगानी गरेका छन् । चलचित्रमा कथा मन बहादुर घिमिरेको,गीत शंकर अधिकारी र प्रकाश लाल श्रेष्ठको,संगीत विकास चौधरीको,नृत्य विवेक थापाको,द्धन्द्ध हिमाल केसीको,छायंकन दिपक परियारको,सम्पादन अभिषेक पौडेलको रहेको छ ।

तस्विर : उत्सव 

%d bloggers like this: