Wed. Apr 24th, 2024

बलिउडमा निकै चर्चित फिल्ममा अभिनय गरिसकेकी नायिका दीपिका पादुकोण पछिल्लो समयमा निकै व्यस्त नायिकाको रुपमा चिनिन्छिन् । चेन्नई एक्सप्रेस, ये जवानी है दीवानी साथै रेस २ जस्ता सुपरहित फिल्ममा अभिनय गरिसकेकी बलिउड अभिनेत्री दीपिका पादुकोण एका एक सबैको नजरमा बस्न सफल भएकी छिन् । अहिले उनी आफु बलिउडमा सुरक्षित रहेको महशुस गरेकी छिन् तर दीपिकालाई एउटा कुरा थाहा छ कि छैन् चलचित्रक्षेत्रमा सधै स्टार कोहि पनि रहिरहन्न ।

dipikaयहि प्रश्न भारतको एक समाचार माध्यमले दीपिकालाई सोधेपछि दीपिकाले भनेकी छिन् ‘मलाई थाहा छ मेरो अहिलेको जस्तो करियर भोली रहदैन् ।’ उनले यसो पनि भनेकी छिन् की ‘जसले म यसक्षेत्रमा सधै रहन्छु भन्ने कल्पना गरेको छ त्यो एक भ्रम मात्र हो ।’ दीपिकाको पछिल्लो फिल्म फाइंडिंग फेनी प्रदर्शनमा छ जसबाट उनले निकै राम्रो प्रतिक्रिया पाइरहेकी छिन् । दीपिकाले भनेकी छिन् ‘आलोचनाबाट पनि मानिसले धेरै कुरा सिक्ने मौका पाउछ त्यसैले मेरो चलचित्र हेरेर मेरो बारेमा चर्चा साथै आलोचना गर्नुलाई म नराम्रो मान्दिन किनकी त्यसबाट पनि म धेरै सिकिरहेको हुन्छु ।’

%d bloggers like this: