Thu. Apr 25th, 2024

10599225_686219184766125_5933852311920963899_nपछिल्लो समय विदेशका विभिन्न कार्यक्रममा व्यस्त हुदै आएकी डिआईडि लिटिल मास्टरकी विजेता तेरिया मगरले अब फेरी युएईमा धुम मच्चाउने भएकी छिन् । यस भन्दा अघि कार्यक्रम हुने भनेर टिकट काटिसकेका नेपालीहरुले उक्त कार्यक्रम नभएपछि निराश भएका थिए तर अब असोज २ गते बिहीबार आबुधाबीमा रहेको केरेला सोसियल सेण्टर र ३ गते शुक्रबार दुबईको शेख राशिद अडिटोरीयममा आयोजना हुने भएको छ । २० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा उक्त कार्यक्रम आयोजन गरिएको छ । ंउक्त कार्यक्रममा तेरियाको नृत्य र्हेने पाइने भएपछि यति बेला त्यहाँ बसेका नेपालीहरु तेरियाको नृत्य हेर्न निकै आतुर छन् । आयोजक समितिका अनुसार युएईको ईतिहासमा अहिलेसम्मकै धेरै रकम खर्चिएर नेपाली सांस्कृतिक कार्यक्रम हुन लागेको बताएको छ ।

%d bloggers like this: