Sun. Jan 16th, 2022

10626597_584961991613683_1740875453033565566_nअसार २३ गते बैबाहिक जीवनमा बाधिएका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का हनिमुन मनाउन भातरको सिम्ला गएको बखत नायक श्रीकष्ण श्रेष्ठ विरामी परेपछि भारतको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । साउन २५ गते भारतको एपोलो अस्पतालमा निधन भएका स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको नवबिबाहित दुलही नायिका स्वेता खड्काले करिब डेढ महिना पछि दुखद घडिमा साथ दिने सम्पुर्णलाई धन्यवाद दिएकी छिन् ।

shwetaसामाजिक सञ्जाल फेसबुक मार्फत स्वेताले भनेकी छिन् ‘मेरा सम्पूर्ण परिवार , आफन्त , साथीभाई ,गुरु,मान्यजनहरु, फेसबुक फ्यान , सारा देश विदेशमा रहनु भएका सबै शुभ चिन्तकहरुमा मलाई यस दुखद घडिमा साथ , हौशला र आत्मबल बढाउन सघाउनु भएकोमा म र मेरा परिवार हजुरहरुलाई हृदय देखिनै धन्यबाद टक्रयाउन चाहान्छौ । हजुरहरुले दिएको मायाँ र साथलाई म प्रसंशा गर्न पनि सक्दिन । मेरो चलचित्रलाई सफल बनाउन सघाउनुहुने सम्पूर्ण दर्शक महानुभावहरु , कलाकार , पत्रकार, मिडिया र अन्य सबै जोजसले भूमिका खेल्नु भयो म उहाँहरुमा पनि आभार प्रकट गर्न चाहाँनछु’- स्वेताले फेसबुकमा यसरी लेखेकी छिन् । उनले भनेकी छिन् ‘मेरो जिन्दगीमा यस्तो काहाली लाग्दो घटना घट्ला भनेर मैले सोचेको पनि थिईन जुन म कहिले पनि भुल्न सक्दिन , मैले जति नै प्रयास गरे पनि अब मेरो जिन्दगीमा सायद खुशी आउने छैन ।’ उक्त कुरा स्वेताले फेसबुकमा राख्दै फेसबकुको प्रोफाइल तस्विर पनि परिवर्तन गरेकी थिइन् । उक्त प्रोफाइल तस्विरमा स्वेताले आफु र श्रीकृष्ण श्रेष्ठको पुरानो तस्विरलाई जोडेर प्रोफाइल पिक्चरमा राखेकी छिन् ।