Thu. Apr 25th, 2024

anju-panta-image-322a729e6b27de203e6827af34e263a5a5ee8e89d8केहि दिन अगाडी चर्चित गायिका अञ्जु पन्तले हिन्दू गीत नगाउने भन्दै हिडेपछि निकै आलोचना र विवादमा परेकी गायिका अञ्जु पन्तले फेरी दोस्रो पटक पनि माफी मागेकी छिन् । उनले फेरी दोस्रो पटक माफी पत्र सार्वजनिक गर्दै आफुबाट जान अन्जानमा गल्ती भएको पत्रमा उल्लेख गरेकी छिन् । गाउने क्रममा मेरो गलामा समस्या भएको कारण प्रभू येशूको विश्वास गरेर मण्डलीमा गएपछि सन्चो भएको कुरालाई म नकार्न सक्दिन, अञ्जुले विज्ञप्तिमा भनेकी छिन्, ‘म त्यो कुरामा आनन्दित हुँदै मण्डली भित्र आफ्नो कुरा बाँढ्ने क्रममा भगवान शिव, अल्लाह र साईको ठाउँमो अर्को शव्द राखेर गाएँ भनेको थिएँ । त्यो दुई वर्षअघिको प्रसंग भएको जानकारी गराउँछु ।’ आजको दिनमो त्यो सबैकुरा अञ्जानमा भएको हो भन्दै आफूलाई सच्याएर सबै धर्माबलम्बीहरुलाई श्रद्धा र सम्मान गर्ने कुरा फेरीपनि व्यक्त गर्न चाहन्छु ।’ करिब २ बर्ष अगाडी उनले बोलेको भिडियो नै सार्वजनिक भएपछि अञ्जुले उक्त माफि पत्र लेख्न बाध्य भएकी थिइन् । फेसबुक देखी विभिन्न सामाजिक सञ्जालमा अञ्जुको बारेमा विभिन्न कुराहरु आएपछि उनले आफुले हिन्दू धर्मको अपमान गर्न नखोजेको भन्दै मौखिक प्रतिक्रिया दिदै आएकी थिइन् । तर पनि उनको अभिव्यक्ति प्रति अझै पनि आलोचना घट्न सकेको छैन् । त्यहि क्रममा एक संस्था अर्थात शिवसेना नेपालले उनको गीत देशभर प्रतिबन्ध लगाउने समेत चेतावनी दिएको थियो ।

anjuअञ्जु पन्तले फेरी माफी माग्दै जारी गरेको प्रेस विज्ञप्ती

%d bloggers like this: