Wed. Apr 24th, 2024

aavas movie (6)केहि दिन अगाडी मात्र फष्टलुक पोष्टर रिलिज भएको चलचित्र ‘आभाष’ को आज काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरि चलचित्रको एउटा गीतको भिडियो लन्च गरिएको छ । पछिल्लो समय निकै आशावादी चलचित्रको रुपमा हेरिएको चलचित्र ‘आभाष’ पुष २५ गते देखी देशभर प्रदर्शन हुने पनि आज पत्रकार सम्मेलनमा बताइएको छ । १२ बजेर ४१ मिनेटमा चलचित्रको पहिलो गीत लन्च गरिएको  थियो ।  चलचित्र आभाषको भिडियो ज्योतिषकै परार्मष अनुसार नै उक्त समयमा भिडियो रिलिज गरिएको चलचित्रका निर्माता गोविन्द शाहीले बताए । ज्योतिषका अनुसार उक्त गीतको भिडियो १२ बजेर ४१ मिनेट देखी १२ बजेर ५१ मिनेट सम्ममा उत्तम समय रहेको बताइएको थियो । ‘यात्रा’ नामक सार्वजनिक उक्त गीतमा शब्द,संगीत घेतन गुरुङ,स्वर कमल खत्री र शशी रावलको रहेको छ । भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्र आभाषका निर्देशक सुरेन्द्र पौडेल,निर्माता गोविन्द शाही,चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय,कलाकारहरु संयम पुरी,आष्मा डिसी,सलोन बस्नेतको उपस्थिति रहेको छ ।

कार्यक्रममा बोल्दै चलचित्रका नायक सलोन बस्नेतले ‘आफुहरुले चलचित्रमा अभिनय गरिरहदाँ कहिले पनि गाह्रो महशुस नभएको बताउदै चलचित्र आभाष निकै राम्रो बनेको पनि तारिफ गरेका थिए । चलचित्रका गीत,संगीत देखी विभिन्न पक्षहरु निकै मनमोहक बनेको बताउदै सलोनले चलचित्रलाई आम दर्शकले निकै मन पराउने पनि बताए ।’

aavas movie (5)त्यस्तै सोहि चलचित्रकी नायिका आष्मा डिसीले ‘चलचित्रमा अभिनय गर्नु भन्दा अगाडी आफु नै नर्भस भएपनि चलचित्रको छायंकन भइरहदाँ आफुलाई कुनै पनि त्यस्तो नर्भस फिल्ल नभएको बताइन् ।’ ‘चलचित्र कहिले सकियो थाहा नै भएन आष्माले भनेन् चलचित्र निकै राम्रो बनेको छ र मैले पनि चलचित्रमा पाएको भुमिकालाई न्याय दिने प्रयास गरेको छु ।’

aavas movie (3)कार्यक्रममा बोल्दै नायक संयम पुरीले ‘चलचित्रमा आफुहरुले शाहासी काम गरेको पनि बताए । पहिलो पटक हाइवेमा गाडी चलाएको अनुभव देखी प्यारासुटमा पहिलो पटक अभिनय गरेको बताउदै संयमले चलचित्रका प्रत्येक गीत,संगीतहरु मन छुने गरि निर्माण भएको पनि बताए ।’ कार्यक्रममा चलचित्रकी अर्की नायिका निशा अधिकारी भने उपस्थित भएकी थिइनन् ।

aavas movie (2)सोहि क्रममा चलचित्रका निर्माता,कलाकार तथा वितरक गोविन्द शाहीले ‘चलचित्रमा समावेश ४ वटा गीत १ १ महिनामा रिलिज गर्ने बताउदै अहिले सम्म निर्माण गरेको चलचित्र भन्दा यो चलचित्रमा आफुले धेरै फरक दिन खोजेको पनि शाहीले बताए ।’ ‘चलचित्रको गीत,संगीत पनि उत्कृष्ट भएका कारण चलचित्र अझ सर्वेत्कृष्ट रहेको निर्माता गोविन्द शाहीले बताए ।’

त्यस्तै चलचित्रको गीत हेरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले ‘चलचित्रको गीत आफुलाई निकै मन परेको पनि बताए ।’ ‘चलचित्र आभाषको गीत,संगीत राम्रो भएका कारण चलचित्र पनि उत्कृष्ट बनेको पनि अध्यक्ष शान्ति प्रियले विस्वास व्यक्त गरेका छन् ।’

aavas movie (1)अन्तिममा कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले ‘चलचित्रलाई प्रत्येक कोणबाट राम्रो बनाउने प्रयास गरेको बताउदै चलचित्रको गीत संगीतले दर्शक,स्रोतको मन छुने पनि विस्वास लिएका छन् ।’

कार्यक्रममा सार्वजनिक गरिएको गीतका गायक कमल खत्री र संगीतकार घेतन गुरुङले पनि गीत,संगीतका बारेमा आफ्नो भनाई राखेका थिए ।

aavas movie (4)३५ दिन लगाएर काठमाडौं,पोखरा,जिरी,मुडे लगायतका स्थानमा चलचित्रको छायंकन गरिएको थियो । बाल्य अबस्था देखी किशोर अबस्था सम्मको कथालाई चलचित्रले मुख्य केन्द्रविन्दु बनाएको छ । चलचित्रलाई गोविन्द शाही,पवन श्रेष्ठ र दिपक शाहीले निर्माण गरेका हुन् भने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अहिले चलचित्रको सम्पुर्ण छायंकन सकेर धमाधम प्राविधिक कार्य भइरहेको चलचित्रका निर्माता गोविन्द शाहीले मनोरञ्जन संसारडटकमलाई बताए । चलचित्रमा सुजेन्द्र ध्वज कार्की,घेतन गुरुङ,प्रकाश नेपाली र सुरेन्द्र पौडेलको संगीत रहेको छ भने चलचित्र आभाषमा छायंकन पुरुषोत्तम प्रधान,द्धन्द्ध चन्द्र पन्त,श्रृंगार सरोज बुढाथोकीको रहेको छ । कार्यक्रम चलचित्र पत्रकार संघका महासचिब सन्दिप सापकोटाले सञ्चालन गरेका थिए । चलचित्र ‘आभाष’ पुष २५ गते देखी अलनेपाल रिलिज हुदैछ ।

%d bloggers like this: