Sun. Dec 10th, 2023

sarasoti thapaनेपाली चलचित्रमा एक छत्र राज गर्दै आएकी नायिका रेखा थापाकी आमा तथा ‘काली’ र असोज १५ गते अर्थात फुलपातीका दिन देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिम्मतवाली’ की निमात्री सरस्वती थापालाई हिजो अमेरिकाको न्यूयोर्कमा सम्मान गरिएको छ । कुइन्स थिएटर मा चलचित्र भिमदत्त को प्रदर्शन को क्रममा निर्मात्री थापालार्इ सम्मान गरिएको हो। सम्मान पछि कार्यक्रममा बोल्दै आफुलाई सम्मान गरेकोमा खुसी बाड्दै सरस्वती थापाले चलचित्र भिमदत्त निकै राम्रो चलचित्र रहेको पनि तारिफ गरेकी थिइन् । त्यस्तै कार्यक्रममा बोल्दै निमात्री थापाले एक पटक चलचित्र हिम्मतवाली हेरिदिन पनि आग्रह गरेकी छिन् । हाल निमात्री थापा अमेरिकामा छिन् । केहि महिनाको अमेरिका बसाई पछि उनी नेपाल र्फकने नायिका रेखा थापाले बताएकी छिन् ।

%d bloggers like this: