Sat. Apr 20th, 2024

बलिउड अभिनेता आदित्य राय कपूर र परिणीति चोपड़ा अहिले यि दुई उनीहरुको पछिल्लो चलचित्र ‘दावत-ए-इश्क’ को फूड यात्रामा निस्किएका छन् । तर एउटा खबरले यति बेला बलिउड निकै मज्जाले तातेको छ । त्यो हो आदित्यले करिब २५ लाख पर्ने हिराको औठी किनेका छन् । तर आदित्यले उक्त औठी कसैलाई पहिराइ सकेका भने छैनन् । तर खबरका अनुसार आदित्यले उक्त औठी विषेश अरु कोहिलाई नै किनेको बताइएको छ । अर्को खबरमा फूड यात्रामा जानु अघि आदित्य केहि घण्टा गायब भएका थिए ।

aditya kapurत्यो बेला बलिउड अभिनेत्री परिणीति चोपड़ाले आदित्य केहि कामका कारण बाहिरिएको र केहि बेरमा नै आउने बताएकी थिइन् । परिणीति चोपड़ाले यस्तो भने पछि उनीहरु विच केहि छ की भन्ने शंका बढ्न थालेको छ । नभए यात्रामा जानु अघि आदित्यले हिराको औठी किन्नु,परिणीति चोपड़ाले आदित्य केहि कामका कारण बाहिरिएको छ भन्नुले उनीहरु विच केहि शंका भने अबश्य देखिएको छ । कतै आदित्यले उक्त औठी परिणीति चोपड़ालाई नै त लगाउदैनन् ? खबरका अनुसार उक्त औठी निकै महंगो र उत्याधिक सुन्दर रहेको छ । आदित्यले उक्त औठी उनको प्रमिकालाई प्रपोज गर्न किनेको हुन सक्ने बताइएको छ । अब हेर्न यति बाँकी छ कि आदित्यले उक्त औठी कसलाई लगाइदिने हुन् ।

%d bloggers like this: