Sat. Apr 20th, 2024

केहि महिना अगाडी मात्र बैबाहिक जीवनमा बाधिएका नायिका ऋचासिंह ठकुरी लगभग २ बर्ष सम्म न उनले कुनै फिल्ममा अभिनय गरिन न त कुनै म्युजिक भिडियोमा नै । पछिल्लो पटक प्रदर्शनमा आएका केहि चलचित्रले निराशाजनक व्यापार गरेपछि लगभग चलचित्रनगरिबाट ओझेलमा पर्दै गएकी नायिका ऋचासिंह ठकुरी अब फेरी आफ्नो कामलाई निरन्तरता दिने भएकी छिन् ।

richashingबिबाह भएको करिब ३ महिना पछि उनी एक म्युजिक भिडियोबाट कमव्याक भएकी छिन् । शैलेन्द्र खोखाली निर्देशित म्युजिक भिडियोवाट उनी फेरी नेपाली रजतपटमा कमव्याक भएकी छिन् । गायक सुमन कोयुको स्वरमा रहेको ‘अचार करेली’ वोलको उक्त गीतको म्युजिक भिडियोमा ऋचासिंह ठकुरीको अभिनय देख्न सकिन्छ । भिडियोलाई श्रीधर पौडेलले खिचेका हुन् । सिन्धुपाल्चोकको भोटेचौर आसपास म्युजिक भिडियोको छायाकन गरिएको गरिएको हो । गायक सुमन कोयुको नयाँ गीतको प्रोमो सार्वजनीक भएको छ ।

%d bloggers like this: