Fri. Apr 19th, 2024

बरिष्ठ साहित्यकार कृष्ण धराबासीको चर्चित पुस्तक झोलामा आधारित भएर निर्माण भएको चलचित्र झोलाले यति बेला विभिन्न ठाँउहरुमा पुरस्कार साथै विदेशका विभिन्न स्थानहरुमा भब्य प्रदर्शन गरिरहेकोे छ । सार्क फिल्म फेष्टिबलमा समेत सहभागी भइ सर्वेत्कृष्ट नायिका गरिमा पन्तले उक्त चलचित्रबाट अवार्ड पाएपछि चलचित्र झोलाको माग र चर्चा निकै बढ्न थालेको छ ।

jhola-kimhe-600x360नेपालमा सफलता पुर्वक आफ्नो प्रदर्शन गरेको चलचित्र झोला अहिले विदेशका विभिन्न ठाँउहरुमा प्रदर्शन भइरहेको छ । त्यहि क्रममा चलचित्र झोलाको दक्षिण कोरीयाको दक्षिण-पश्चिमा रहेको शहर किम्हेमा भब्य प्रदर्शन गरिएको छ । किम्हे, बुसान आसपासका नेपालीहरूको सक्रियतामा भब्यताका साथ झोलाको प्रदर्शन गरिएको छ । चलचित्र हेर्न उपस्थित भएका सम्पुर्ण नेपालीहरुले केही समय देखी रोगले ग्रसीत (नाम नखुलाउने सर्तमा) एकजना नेपालीलाई करिब ८ लाख,३० हजार संकलन गरि पिडित परिवारलाई समेत हस्तान्तरण गरिएको छ । चलचित्र झोला हेरेपछि सबैले चलचित्रको तारिफ गरेका थिए ।

%d bloggers like this: