Thu. Mar 28th, 2024

कुनै समय पानीबाराबारको अबस्थामा रहेका बलिउडस्टार सलमान खान र शाहरुख खान पछिल्लो समय उनीहरु एक अर्काको तारिफ गर्न लागेका छन् । व्यबसाहिक हिसाबले मात्र होइन कुनै समय सलमान र शाहरुखको रिसिवी बलिउडमा निकै ठुलो रुपमा लिइने गरिन्थो । उनीहरु एक अर्काको फिल्ममा मात्र होइन बास्तविक जीवनलाई पनि खराब नजरले र्हेने गर्थे । त्यहि क्रममा बाबा सिद्दिले आयोजना गरेको इफतार पार्टीमा बाबा सिद्दिले एक अर्कालाई अंकमान गर्न लगाएपछि उनीहरुको सम्बन्ध निकै प्रगाढ बन्दै गएको छ ।

srk_sallu_iftarयति बेला शाहरुख खान सलमानको तारिफ गर्न लागेका छन् भने सलमान शाहरुख खानको प्रत्येक कुरालाई निकै ठुलो विषय बनाएर शाहरुख खान नै सबैभन्दा ठुलो भन्दै एक अर्काको तारिफ गर्न अघि सरेका छन् । त्यहि क्रममा २१ सेक्टम्बर देखी सुरु हुन लागेको संसारकै सबैभन्दा ठुलो रियालिटि शो ‘बिग बोस सीजन ८’ मा अब सलमानले शाहरुख खानको पछिल्लो फिल्म हैप्पी न्यू ईयरको प्रमोशन गर्ने भएका छन् । सलमानले हिजो ‘बिग बोस सीजन ८’ को लन्च गरेका छन् । त्यहि क्रममा सलमानले भनेका छन् ‘शाहरुख खानको प्रदर्शनमा आउन लागेको चलचित्र हैप्पी न्यू ईयरको बिग बोसमा प्रमोशन गरिने छ ।’ बुझ्नमा आए अनुसार शाहरुख खान चलचित्रको प्रमोशनका लागी बिग बोसको घर जाने छन् र फिल्म हैप्पी न्यू ईयरको प्रमोशन गर्ने छन् । यसरी कुनै समय एक अर्कालाई खराब नजरले र्हेने गरेका सलमान र शाहरुखको मित्रता देखेर यति बेला उनका फ्यानहरु निकै हौसिएका छन् ।

%d bloggers like this: