Thu. Apr 18th, 2024

kunti-moktan1स्वर्गीय गायक फत्तेमानको सम्झना करिब तीन वर्ष अघिदेखि सुरु हुदै आएको पलेँटी उत्सवको दोस्रो दिन गायिका कुन्ती मोक्ताने आफुले गाएका चर्चित गीतहरु गाएर सुनाएकी छिन् । जावलाखेलस्थित डिएभी स्कुलमा आयोजना भएको पलेँटी उत्सवमा गायिका कुन्ती मोक्तानले ‘आजदेखि’, ‘खुट्टा तान्दै गर’, ‘भुइँचालो’,डालीडालीमा हो डालीडालीमा,‘चोली राम्रो पाल्पाली ढाकाको’जस्ता गीतहरु पहिलो र दोस्रो दिन गरि आफ्नै आवाजमा सुनाएकी थिइन् । कुन्तीले उक्त गीतहरु गाइरहदाँ उपस्थित सबैका आखाँमा आसुका थोपा देखिएका थिए । फत्तेमानको सम्झनामा हुने गरेको पलेँटी उत्सवमा फत्तेमानले गाएका गीतहरु देखी नेपालका चर्चित गायक गायिकाहरुले आफुले गाएका गीतहरु प्रस्तुत गर्ने गर्छन् । जुन गीतहरुबाट फत्तेमानको सम्झना गरिने गरिन्छ ।

%d bloggers like this: