Fri. Apr 19th, 2024

मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनीको अर्को र्शीष टाइटल गीत रिलिज भएको छ । ‘बिहानीको रंग बैजनी’ नामक गीतमा चलचित्रका नायक दिक्पाल कार्की सगँ दुई हिरोइन अर्थात नायिका गरिमा पन्त र सुमिना घिमिरे सगँको रोमान्स देख्न सकिन्छ । सार्वजनिक गीतमा संगीत दिप प्रधान,स्वर दिप प्रधान र शितल मोक्तानको रहेको छ ।  १२ बर्ष पछि निर्देशन कार्यमा र्फकिएका निर्देशन शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनी मंसिर १९ गते देशभर प्रदर्शनमा आउदै छ ।

rang baijaniजसमा नायिका सुमिना घिमिरे,गरिमा पन्त र नायक दिक्पाल कार्कीको त्रिकोणात्मक प्रेमलाई देखाउन खोजिएको छ । चलचित्रमा सुमिना घिमिरे र गरिमा पन्त निकै ठुलो महायुद्ध देख्न सकिन्छ । पारिवारिक प्रेम कथामा चलचित्र बनेका कारण पनि चलचित्रले दर्शकको मन जित्नेमा निर्देशक प्रधान विस्वस्त देखिएका छन् । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी छिन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् ।चलचित्रलाई सशांक प्रधानले खिचेका हुन्।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=UXFl8f9CscA&amp%3Bitct=CDwQpDAYACITCPek6NOQ3MACFZAhcAodEhEAw1IXdGl0bGUgc29uZyByYW5nIGJhaWphbmk%3D&amp%3Bgl=US&amp%3Bhl=en&amp%3Bclient=mv-google&app=desktop

%d bloggers like this: