Fri. Apr 26th, 2024

karinaबलिउड अभिनेत्री रानी मुखर्जीले गुपचुपमा नै उनको वाईफ्राण्ड आदित्य चोपड़ा सगँ बिबाह गरेकी थिइन् । करिब १ बर्षा अगाडी बिबाह बन्धनमा बाधिएकी रानी अहिले नै आमा बन्ने सुरुमा भन्ने छैनन् तर बाहिर आएको खबर अनुसार उनी आमा बन्ने भएकी छिन् भन्ने कुरा पनि बाहिर आइसकेको छ । तर यस विषयलाई रानीले बकवास भन्दै टारिरहेकी छिन् । रानी अहिले आमा बन्न नचाहेको बताउदै आएको बेला बलिउड अभिनेत्री करीना कपुूर खानले भने अब रानी आमा बन्नका लागी परिपक्क भएको बताएकी छिन् । अर्थात रानीको बच्चा हेर्न करीनालाई हतार भएको संकेत करीनाले देखाएकी छिन् । करीनाले एक अन्तरर्वार्तामा भनेकी छिन् म यस विषयमा पक्का छु की रानी एक असल आमा बन्नेछिन् किनकी मैले रानीलाई अरुले भन्दा अझ नजिकबाट बुझेको छु । रानी आमा बन्न सक्षम भएको बताउदै आएकी करीना भने अहिले आफु चै आमा बन्न नचाहेको बताएकी छिन् । अरुलाई आमा बन्न सक्षम भएको बताउने करीना आफु चै कहिले आमा बन्ने हो त्यो भने समयले देखाउने नै छ ।

%d bloggers like this: