Fri. Mar 29th, 2024

भाद्र २७ गते देखी अर्थात आज बाट देशभर प्रदर्शनमा चलचित्र ‘निशानी’ लागीपरेको छ । गोर्खा लाहुरेहरुको कथामा आधारित चलचित्र निशानीलाई सरोज भण्डारीले लगानी गरेका हुन् । ‘निशानी’मा चर्चित गायक तथा नायक प्रशान्त तामाङ लाहुरे बनेर देखिएका छन् । नेपाली रजतपटको डेब्यु चलचित्र ‘गोर्खा पल्टन’मा लाहुरे बनेर प्रस्तुत हुँदा दर्शकको निकै राम्रो माया पाएका प्रशान्तले पछिल्ला केहि चलचित्रबाट खासै जम्न नसकेका प्रशान्तको लागी ‘निशानी’ अग्नी परिक्षाको रुपमा समेत लिईएको छ । हिजो अर्थात बिहिबार काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमामा फिल्मको प्रेस शो देखाइयो भने हेटौंडामा शुरू हुन लागेको फिल्म पत्रकारको तीन दिने कार्यशालामा पनि निशानी देखाइएको थियो ।

nisaniचलचित्रमा प्रशान्तको साथमा अनु गुरुङ, विष्णु चेम्जोङ, सुरज रानाभाट लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रको निर्मातामा प्रेम सुव्वा, सरोज भण्डारी र ललिता धौभडेल (सेरेङ्ग) रहेका छन्। छायाङ्कनमा युवराज राई, नृत्यमा गोविन्द राई, द्धन्दमा जनक गुरुङ, संगीत वि.वि.अनुरागी, गीतकारमा भुपाल राई, विनोद सेरेङ्ग र सुमन श्रापित रहेका छन् भने चलचित्रलाई श्याम राजा श्रेष्ठले सहायक निर्देशन गरेका थिए । चलचित्रको छायाङ्कन लमजुङ्गको घले गाउं, ईलाम–कन्याम चियाबारी अनि सिक्किम र दार्जिलिङ्गमा गरिएको छ । अहिले देशभर चलचित्र बिर्खेलाई चिन्छस,कोहिनूर,बलिउड चलचित्र मेरी काम लगायतका चलचित्रहरु देशभर प्रदर्शनमा छन् । जसले गर्दा निशानीलाई केहि असर भने पक्कै पुराउने छ ।

%d bloggers like this: