Fri. Apr 26th, 2024

बलिउडका सुपरस्टार ऋतिक रोशनले धेरै फिल्ममा अभिनय गरे जसले ऋतिकलाई एक एक्सन नायकका रुपमा चिनाउन मदत पुग्यो । धेरै फिल्ममा निकै खतरनाक एक्सन भुमिकामा देखिने ऋतिकलाई अब फेरी अहिले सम्म अभिनय गरेको चलचित्र भन्दा पनि बढि खतरनाक एक्सन भुमिकामा फिल्म बैंग बैंग देखिने भएका छन् ।

2_072414061215फिल्म बैंग बैंगमा धमकेदार एक्सन सहित डान्सिंग गीत पनि उतिकै बलियो रहेको छ । ऋतिकले अहिले सम्म बलिउडमा मात्र होइन हलिउडमा समेत कसैले गर्न नसकेको दृश्य बैंग बैंग मा ऋतिकले गरेका छन् । जुन चिजले चलचित्रलाई माथि उठाउन निकै मदत पुग्ने बताइएको छ । बलिउडमा एक्सन नायकको रुपमा परिचित ऋतिकलाई ट्रेलरमा समेत पनि निकै धमकेदार दृश्यमा देख्न सकिन्छ ।

1_072414061215यस भन्दा अघिको फिल्म क्रिस ३ मा हवाईजहाजमा गरेको अभिनयले आम दर्शकको मन जित्न सफल भएका ऋतिकले बैंग बैंगमा उनीले वाटर स्की स्टट गरेका छन् । जुन दृश्य अभिनय गर्दा ज्यान समेत पनि जान सक्ने सम्भाबन हुन्थो । जसलाई ऋतिकले सजिलै रुपमा फिल्ममा उतारेका छन् । फिल्म अक्टुम्बर २ मा रिलिज हुदै छ । चलचित्रलाई फाक्स स्टार स्टूडियोले निर्माण गरेको छ भने सिद्धार्थ आनन्दले फिल्मलाई निर्देशन गरेका छन् । फिल्ममा ऋतिक रोशन र कैटरीना कैफको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: