Sat. Apr 20th, 2024

भारतको चर्चित कार्यक्रम ‘डिआइडि लिटिल मास्टर’ को उपाधि जितेकी नेपाली मुलकी तेरिया मगर पछिल्लो समय विदेशका विभिन्न ठाँउहरुमा नृत्य प्रस्तुतीमा भ्याई नभ्याई हुने गरेकी छिन् । डिआइडिको विजेता भएपछि यति बेला तेरिया निकै व्यस्त समेत छिन् । त्यहि क्रममा उनले हिजो मात्र कोरियामा ५ हजार भन्दा बढि दर्शकलाई जादुमय नृत्य प्रस्तुत गरेकी थिइन् ।

10599225_686219184766125_5933852311920963899_nछुसकमा संघले कोरियामा गरेको नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया’ कार्यक्रममा तेरियाले ५ हजार दर्शकलाई निकै मज्जाले नचाउन सफल भइन । ३ हजार दर्शक अटाउने हलमा करिब ५ हजार दर्शक उपस्थित भएपछि आयोजक समितिलाई पनि उक्त दर्शक सम्हाल्न निकै गाह्रो भएको थियो । तेरियाको नृत्य पछि नेपथ्य समूहले संगीतिक प्रस्तुती दिएको थियो ।

%d bloggers like this: