Thu. Apr 25th, 2024

‘नसिव आफ्नो’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक जीवन लुईटेल आजबाट उनी ३४ बर्षमा प्रवेश गरेका छन् । अहिले सम्म करिब ५० वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका जीवनले धेरै सफल चलचित्रहरु दर्शक माझ पस्किसकेका छन् । अहिले निकै चल्तीका नायकका रुपमा समेत परिचित हुदै आएका जीवनको हात अहिले पनि करिब आधा दर्जन चलचित्रहरु हातमा छन् ।

jeevan lautelजसले गर्दा जीवन अहिलेको अबस्थामा निकै व्यस्त र महंगा नायकका रुपमा समेत चिनिने गरेका छन् । २०३८ साल भाद्र २५ गते बिहीबार विराटनगरमा जन्मेका जीवन अहिले चलचित्र ठुलीको प्रिमियरका लागी अमेरिकामा छन् । जहाँ उनले सम्मान समेत पाइसकेका छन् । अमेरिकामा भएका कारण जीवले नेपालमा आएपछि मात्र जन्मदिनको सेलिव्रेट गर्ने सुरुमा रहेका बताइएको छ ।

जीवनलाई मनोरञ्जन संसारडटकमको तर्फबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।

%d bloggers like this: