Fri. Apr 26th, 2024

करिब १ बर्ष भइसक्यो सुजैन खान र ऋतिक रोशनको सम्बन्ध विक्षेद भएको पनि तर बेला बेलामा उनीहरु विच भएको कुराकानी र भेटघाटले अझै पनि चर्चा परिचर्चा सेलाउन सकेको छैन् । बेला बेलामा उनीहरुको भेटघाट भइरन्छ र केहि दिन अगाडी उनीहरु दुवैले एउटै घरमा फ्याल्ट समेत खोजेको खबर बाहिर समेत आएको थियो । यसरी बेला बेलामा उनीहरुको भेटहुनुले उनीहरु फेरी एकआपसमा रहन चाहान्छन् भन्ने बुझिन्छ ।

Ritik Rochanसुजैन खानले ऋतिकलाई सम्बन्ध विक्षेद गराएपनि ऋतिक भने उनको परिवार सगँ अझै नजिक बन्दै गएका छन् । सायद यहि भएर पनि होला केहि दिन अगाडी ऋतिक आफ्नो फिल्मको सुटिंग स्थलबाटै मध्य राती सुजैनको घर पुगेका छन् । फाइंडिंग फैनी फिल्मको सुटिंग भइरहेको स्थलबाट उनी करिब साडे १२ बजे राती सुजैनको घर पुगेका भारतीय सञ्चार माध्यमले बताएका छन् । उनी करिब ४५ मिनेट सुजैनको घरमा बसी निस्किएका थिए । ऋतिकले मध्यराती सुजैनको घर पुग्नुलाई धेरैले धेरै तरिकाबाट हेरेका छन् । बुझ्नमा आए अनुसार ऋतिक पुराना कुरालाई भुलेर फेरी सुजैन सगँ सम्बन्ध राख्न चाहान्छन् ।

%d bloggers like this: