Wed. Apr 24th, 2024

केहि दिन अगाडी दक्षिण कोरियामा भब्य कार्यक्रम सकेको नेपथ्य ब्याण्डले अब कतारमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ । एलजी गुप दोहाले आगामी १९ सेप्टेम्बरका दिन दोहाको सनैया स्थित ग्राण्ड मल नजिकै रहेको वेष्ट ईन्ड पार्कको स्टुडियोमा हुने बताएको छ । नेपथ्य ब्याण्डको गाउँ–गाउँबाट उठ बस्ति बस्तिबाट उठ, रातो र चन्द्रसुर्य, रेशम, भेडाको उनजस्तो लगायातका सांगितीक प्रस्तुतीहरुले चर्चा बटुल्दै आएको छ ।

Nepathya-performing-Seoul2कार्यक्रमलाई कास्की आर्दश सेवा समाज, तमुबुद्ध सेवा समाज, आईएएफ, समाज सेवा अभियान रुपन्देही, पर्वत सेवा समाज,प्रवासी सांगितीक परिवार र नेपाली महिला समाज कतारले सहयोगी भुमिकाको रुपमा काम गर्ने छन। लगभग १७ हजार क्षमता भएको स्टुडियोमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिती रहनेमा आयोजक टिम ढुक्क रहेको छ । नेपथ्यको आगमनले कतारमा कार्यरत ५ लाख नेपाली कामदारको अपेक्षा पुरा हुने छ हजारौ दर्शकहरुको माझमा रेशम घन्किने छ ।

%d bloggers like this: