Fri. Apr 26th, 2024

१८ वटा चलचित्र नेपालीसिनेनगरिलाई दिएपनि खासै राम्रो चलचित्र दर्शक माझ पस्कन नसकेका निर्देशन ऋषि न्यौपानेले अब अर्को नयाँ चलचित्र बादशाह निर्माण गर्ने भएका छन् । आज काठमाडौंमा चलचित्रको शुभमुर्हत गर्दे चलचित्र बादशाह निर्माण गरिने घोषणा गरिएको हो । प्राय चलचित्र नायक सुशिल क्षेत्रीलाई लिएर चलचित्र निर्देशन गर्ने ऋषि न्यौपाने यस चलचित्रमा पनि सुशिललाई नै नायक बनाएका छन् । नायिकामा भने महिमा सिलवान पक्का भएकी छिन् । ऋषि न्यौपानेले निर्देशन गरेको ३ वटा चलचित्रमा अभिनय गरिसकेकी महिमाले फेरी ऋषि न्यौपानेकै चलचित्रमा काम गर्ने भएकी हुन् ।

98e94a3c3a80568002ba68eaf44ffd7e_L३ वटा चलचित्रमा अभिनय गरेपनि खासै चर्चामा आउन नसकेकी महिमा यस चलचित्रबाट भने उनी पुर्ण आशामा रहेको देखिएकी छिन् । ऋषि न्यौपाने सगँ महिमाको यो ४ औं चलचित्र हुन्छ । एउटा व्यक्ती पर्दामा कसरी ‘बादशाह’ बन्न सक्छ भन्ने बिषयलाई चलचित्रले मुख्य केन्द्रविन्दु बनाएको निर्देशक ऋषि न्यौपानेले बताए । एन।वि फिल्म प्रोडक्सनको प्रस्तुती रहेको चलचित्र बदशाहलाई रामहरी ढकाल र किशोर खनालले सयुक्त लगानी गर्ने भएका छन् । धेरै चलचित्रमा अभिनय गरेका नायक सुशिल श्रेत्री पनि खासै चर्चामा भने आउन सकेका छैनन् ।

10574301_362198430597853_2727495114138433153_nकेहि बर्ष निकै चल्तीका नायकका रुपमा चिनिएका सुशिल पछिल्लो समय खासै चलचित्रमा देखा परेका छैनन् । सुशिल अब चाडै उनीद्धारा अभिनित चलचित्र जोश भाद्र २७ गते देशभर प्रदर्शनमा आउन लागेको छ । सुशिल पनि चलचित्र बादशाहबाट निकै आशावादी देखिएका छन् । चलचित्र बादशाह को छायंकन भोलीबाट सुरु हुने बताइएको छ ।

%d bloggers like this: