Fri. Apr 19th, 2024

pc-story_650_090814053001_090914082039बलिउड अभिनेत्री प्रियंका चोपड़ाले बलिउडकी अर्की अभिनेत्री शिल्पा शेट्टीलाई रुवाइदिएकी छिन् । हिजो प्रियंकाद्धारा अभिनित फिल्म मेरी कोम हेर्न पुगेकी शिल्पाले फिल्म हेरिरहदाँ प्रियंकाको अभिनय देखेर आखाँबाट आँसु समेत खासाल्न भ्याइन् । शिल्पाले आफ्नो ट्विटरमा लेखेकी छिन् ‘मैले केहि बेर अघि मेरी कोम हेरेको थिए । फिल्ममा रहेका सबै कलाकारले निकै राम्रो अभिनय गरेका छन् ।’ तर प्रियंका चलचित्रको मुख्य मैदानमा गएकी भन्दै शिल्पाले प्रियंकाको अभिनयलाई तारिफ गरेकी छिन् । ‘प्रियंकाको अभिनयले मेरो आखाँबाट आसु समेत खसे,त्यसैले यो एकपटक सबैले र्हेने फिल्म बनेको छ’- शिल्पाले भनिन् । शिल्पाका राज कुंद्राले पनि आफ्नो ट्वीटमा भनेका छन् ‘प्रियंकाले मेरी पत्नीलाई बास्तविक जीवनमा नै रुवाइदिएकी छिन् । अर्थात प्रियंकाको अभिनयले सबैलाई एक पटक रुवाउने बनाएको छ’- शिल्पाका पति राज कुंद्राले उक्त कुरा ट्विटरमा लेखेका छन् । एउटा कुरा स्मरण रहोस कि उक्त मेरी कोम फिल्ममा नेपाली कलाकार सुनिल थापा नायिका प्रियंका चोपडाका बक्सर गुरुको रुपमा देखा परेका छन् ।

%d bloggers like this: