Thu. Apr 25th, 2024

सुविन भटराईको ‘समर लभ’ ले निकै राम्रो प्रतिक्रिया पाएपछि सोहि पुस्तकको दोस्रो भाग ‘साया’ हिजो काठमाडौंमा एक भब्य कार्यक्रम आयोजना गरि विमोचना गराइएको छ । लाखै लाख पाठकको मन जितेको ‘समर लभ’ बाट राम्रो प्रतिक्रिया पाएपछि सुविनले दोस्रो भाग बजारमा ल्याएका छन् । जसलाई हिजो नायिकाद्धय गरिमा पन्त,केकी अधिकारी र पुस्तकका लेखक सुविन भटराईले विमोचन गरेका छन् ।

10624926_516345245168401_5237141072953120938_nपछिल्लो समयमा चलचित्र भन्दा पुस्तक पढ्न बढि रुचाइएको पाइन्छ । सयौ पाठकको उपस्थिति रहेको उक्त कार्यक्रममा साया पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रम पछि मनोरञ्१जन संसार सगँ विषेश कुराकानी गर्दै नायिका गरिमा पन्त र केकी अधिकारीले आफु समर लव पुस्तकको निकै ठुलो फ्यान भएका कारण समर लभको दोस्रो भाग पढ्न पनि उतिकै इच्छुक रहेको बताएका थिए । त्यस्तै पुस्तकका लेखक सुविन भटराईका अनुसार समर लभ जस्तै त्यसको नै दोस्रो भागलाई पनि आम पाठकले निकै मन पराउने बताएका छन् ।

%d bloggers like this: