Sat. Apr 20th, 2024

Sambodhan

भाद्र ६ गते देशभर प्रदर्शनको मिति तय गरेको चलचित्र सम्बोधनले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूर प्रदर्शनमा आएका कारण सम्बोधन युनिटले आफ्नो प्रदर्शन मिति सारेको थियो । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रदाञ्जली स्वरुप चलचित्रले आफ्नो प्रदर्शन मिति सारेको बताउदै आएको बेला अब चलचित्र सम्बोधनले माघ १६ गतेका लागी अर्को प्रदर्शन मिति तय गरेको छ । अब चलचित्र सम्बोधन माघ १६ गते देशभर प्रदर्शनमा आउने छ । चलचित्र सम्बोधन लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् भने होस्टेल फिल्म निर्देशन गरेका हेमराज बिसीले चलचित्रलाई निर्देशन गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ,त्रिचन्द्र कलेजका स्ववियू सभापती समेत रहेका भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ ।

%d bloggers like this: