Thu. Apr 25th, 2024

करिब ६ महिला अगाडी चलचित्र ‘६ एकान ६’ निर्देशन गरेका निर्देशक तथा एक सफल उद्घोषक दिनेश डिसीले अब आफ्नै ब्यानरमा चलचित्र निर्माण गर्ने भएका छन् । हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरि द् दिनेश डिसी प्रोडक्सनबाट चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । ‘फूलै फूलको मौसम तिमीलाई’ चलचित्र अब द् दिनेश डिसी प्रोडक्सनबाट निर्माण हुने छ । फिल्ममा नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिकामा देखिने छन् । केहि म्युजिक भिडियोमा देखा परेका मोडल आमेश पहिलो पटक ‘फूलै फूलको मौसम तिमीलाई’ बाट चलचित्रमा डेव्यु गर्न जादैछन् । अर्थात दिनेश डिसीले नयाँ हिरोलाई चलचित्रनगरिमा प्रवेश गराएका छन् ।

dinesh ‘मैले २१ बर्ष सम्मको करिअरमा पाएका सफलता र कमाएको पैसा समेत यस फिल्ममा लगाएको छु विस्वास छ पक्कै पनि चलचित्र राम्रो बन्ने छ भन्नेमा’- दिनेश डिसी भने । यसरी केहि भावुक मुद्धामा भनेका डिसीको कुरा सुनेपछि चलचित्र फूलै फुलको मौसम तिमीलाई राम्रो बन्ने धेरैले विस्वास लिएका छन् ।  उक्त पत्रकार सम्मेलनमा आफ्नी श्रीमतीलाई कार्यक्रमको सभापति बनाएका दिनेश डिसीले श्रीमतीलाई रातोफुल दिदै चुम्बन समेत गर्न भ्याए । त्यस्तै चलचित्रमा नायक आमेशले पनि नायिका नितालाई रातोफुल दिदै फूलै फुलको मौसम तिमीलाई भनेपछि उक्त पत्रकार सम्मेलनको माहोल चलचित्रको छायंकन भइरहेको जस्तो देखिन्थो । असोज १ देखि छायंकन सुरु हुने बताइएको चलचित्रलाई दिनेश डिसीले नै निर्देशन गर्नेछन् । सुरेश अधिकारी र अमुल कार्कीको संगीत,रामजी लामिछाने र नरेश बीर सिंहको नृत्य निर्देशन,एन.बी महर्जनको द्धन्द्ध निर्देशन र पुरुषोत्तम प्रधानले चलचित्रलाई खिच्ने छन् । उक्त ‘फूलै फूलको मौसम तिमीलाई’ निर्माण घोषणा कार्यक्रममा निर्देशन दिनेश डिसीका सम्पुर्ण परिवार,चौधरी ग्रपका निर्देशक निर्वाण चौधरी, सभासद् तथा पुर्व उर्जामन्त्री गोकर्ण विष्ट र टोपबहादुर रायमाझी समेत उपस्थिति रहेको थियो ।

%d bloggers like this: