Sat. Apr 20th, 2024

कुनै दिन निकै व्यस्त नायिकाको रुपमा चिनिएकी नन्दिता केसी पछिल्लो समयमा निकै फुर्सदकी नायिकाको रुपमा चिनिन्छिन् । किनकी पछिल्लो समय उनको हातमा राम्रो चलचित्र पर्न सकेका छैनन् । धेरै चलचित्रमा अभिनय गरेपछि व्यापारिक हिसाबले चलचित्रले सोचेअनुरुपको व्यापार नगरिदिदाँ नायिका नन्दिता केसी पछिल्लो पटक ओझेल बन्दै गएकी छिन् । केहि महिना अगाडी प्रदर्शनमा आएको चलचित्र पराईले राम्रो व्यापार गर्ने छाटकाट देखिएपनि अन्तत चलचित्रले व्यापार राम्रो नगरिदिदाँ नन्दिता पनि त्यसै ओझेलमा बन्ने पुगिन । खबरका अनुसार हाल नन्दिता सगँ मात्र एउटा चलचित्र छ जुन हो ‘सञ्जीबनी’,यति बेला उक्त चलचित्रको छायंकन भइरहेको छ । त्यसभन्दा बाहेक अहिले उनको हातमा एउटा पनि चलचित्र छैनन् ।

10614351_908076095888848_5790396178692309969_nप्राय काठमाडौंमा हुने विभिन्न कार्यक्रममा पुग्ने गरिएकी नन्दिता मिडियाको नजरमा देखिनका लागी केहि फरक पहिरनमा समेत पुग्ने गर्छिन् । त्यहि भएर पनि होला बेला बेलामा नन्दिता मिडियामा आइरहन्छिन् । विभिन्न अवार्ड कार्यक्रममा सहभागी भएता पनि अवार्ड आयोजक संस्थाले नन्दिताको नाम समेत उचारण नगरिदिदाँ उक्त कार्यक्रमबाट नन्दिता निराश भएर र्फकन बाध्य हुन्छिन् । त्यहि क्रममा हिजो काठमाडौंको आर्मी अफिसर क्लबमा भएको एनएफडिसी चलचित्र पुरस्कारमा समेत सहभागी भएकी नन्दिता केसी न नाम न अवार्ड विना नै उक्त कार्यक्रमबाट बाहिरिनु पर्यो । एउटै चलचित्र पराईमा खेलेकी नायिका गरिमा पन्तले झोला चलचित्रबाट सर्वोकृष्ट नायिकाको अवार्ड हात पर्दा नन्दिता पनि गरिमा सगै थिइन् । गरिमालाई शुभकामना त दिन भ्याइन नन्दिताले तर उनको मुहारमा हेर्दा लाग्थो उनी निकै निराश मुद्धामा थिइन् । यसरी दिन दिनानु दिन उनको माग र चर्चा घट्न थालेपछि नन्दिता विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी छिन् । अहिले सम्म उनले खेलेको पछिल्लो फिल्म ‘बाटोमुनीको फुल’ सफल भएको मान्निछ ।

%d bloggers like this: