Fri. Apr 19th, 2024

केहि दिन अगाडी सहदेव कोइरालाको संगीत तथा रचना रहेको गीत गाउन खोज्दा हिन्दू गीत भएको भन्दै गायिका अञ्जु पन्तले गीत गाउन नमानेपछि अहिले उनी विरुद्ध नेपालमा मात्र होइन विदेशमा समेत चर्को आलोचना हुन थालेको छ । जिन्दगीका करियरको सुरुवात नै हिन्दू गीतबाट सुरु गरेकी अञ्जुले अहिले हिन्दू गीत नगाउने भन्दै हिड्पछि उनीप्रति उनका फ्यानहरुले समेत रुष्ट भएका छन् । फेसबुक देखी विभिन्न सामाजिक संञ्जालमा आएका कुराले भने अहिले उनको करियर नै घरापमा पार्न सक्ने अबस्था समेत देखिएको छ । त्यहि क्रममा हिजो एक अनलाइनले अञ्जु सगँ लिएको एक अन्तरर्वार्तामा रुदै आफ्ना दर्शक सगँ उनले माफि मागेकी छिन् । उनले रुदै भनेकी छिन् ‘मैले हिन्दू गीत गाउन नमानेको होइन म अस्वास्थ भएका कारण उक्त गीत गाउन नसकेको मात्र हो ।

anju-panta-image-322a729e6b27de203e6827af34e263a5a5ee8e89d8मैले कुनै पनि धर्मलाई आक्षेप लगाउन खोजेको होइन भन्दै अञ्जुले आम दर्शक,स्रोतसगँ माफि समेत मागेकी छिन् ।’ उनले भनेकी छिन ‘अहिले म प्रति आएका टिकाटिप्पणीलाई दर्शक,स्रोताले दिनुभएको माया सम्झेको छु,मैले त्यस्तो आसहेले भन्न खोजेको होइन यसलाई गलत अर्थ लगाउन खोजियो-‘अञ्जुले भनिन् ।’ उनले अन्तरर्वार्ताको क्रममा अञ्जुले ‘अहिले आफ्नो दिन रोएरै वित्ने गरेको बताएकी छिन् ।’ अहिले सम्म करिब ३ हजार भन्दा बढि आधुनिक,लोकदोहोरी,गजल गीत गाइसकेकी निकै चर्चित गायिका अञ्जु पन्तको गीत अब बहिस्कार गर्न समेत एक संस्था अर्थात शिवसेना नेपालले अभियान नै सुरु गरेको छ । यसरी अहिले निकै विवादमा रहेकी अञ्जु यसरी रुर्दै दर्शक सगँ माफि माग्नुले उनको गल्ती होइन भन्ने केहि पृष्ट भएपनि हिन्दू गीत नगाउने भन्दै हिडेको खबर भने अहिले पनि सेलाउन सकेको छैन् । अन्तिममा पाठकहरुलाई यति कुरा याद रहोस कि अञ्जु क्रिस्टियन धर्म मान्दै आएकी छिन् त्यस कारण पनि अञ्जुले हिन्दू गीत गाउन नमानेकी भन्ने कुरा पनि यति बेला व्यापाक रुपमा आएको छ । अहिले विभिन्न सञ्चारमाध्यमहरुले अञ्जुको गीत बजाउन समेत छाडिसकेका बताइएको छ ।

%d bloggers like this: