Fri. Apr 26th, 2024

बलिउडमा मात्र होइन सफल चलचित्रको सिक्वेल निर्माण गर्ने,यति बेला नेपाली सिनेनगरिमा पनि उतिकै रुपमा यसको काम हुने गरेको छ । त्यहि क्रममा चलचित्र ‘होस्टेल’ले गत बर्ष निकै राम्रो व्यापार गर्न सफल भएपछि अब चलचित्र ‘होस्टेल रिटन्स’को सिक्वेल निर्माण हुने भएको छ । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, प्रदिपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठ आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहने छ ।

hostel-returnsचलचित्रलाई सुरज भुषालले निर्देशन गर्नेछन् भने सुनिल रावलले निर्माण गर्नेछन् । सिभिल इन्जिनीयरका बिद्यार्थीको कथालाई चलचित्रले मुख्य केन्द्रविन्दु बनाएको छ । केहि दिन अगाडी बुटवलमा सुटिगं स्थलको निरिक्षण गरेका आएका चलचित्रका निमार्ता सुनिल रावलले चलचित्रको सम्पुर्ण छायंकन बुटवलमा गरिने बताएका छन् । स्मरण रहोस होस्टलमा खेलेका कुनैपनि कलाकारहरु यस चलचित्रमा रदेखिने छैनन् । असोज २१ गतेबाट चलचित्रको छायंकन सुरु हुने छ ।

%d bloggers like this: