Fri. Apr 19th, 2024

भाद्र २० गते देखी देशभर प्रदर्शनमा आएको चलचित्र बिर्खेलाई चिन्छसले शनिबार सोचेभन्दा भन्दा पनि राम्रो व्यापार गर्न सफल भएको छ । मनोरञ्जनसंसार डटकमलाई जानकारी दिदै चलचित्रका कलाकार तथा निर्माता सुवास थापाले चलचित्र बिर्खेलाई चिन्छसले शनिबार देशभर नै हाउसफुल गरेको बताएका छन् । शुक्रबार सुखद व्यापार गरेको चलचित्र बिर्खेलाई चिन्छसले शनिबार भने आक्रमक व्यापार गरेको थियो ।

birkhailai chincकमेडी फिल्म भएका कारण पनि चलचित्रले देशभर हाउसफुल गर्न सफल भएको कलाकार तथा निर्माता सुवासले बताए । चलचित्र स्टुपिड मनले एका एक प्रदर्शन मिति सारेपछि एक्लै प्रदर्शनको मौका पाएको चलचित्र बिर्खेलाई चिन्छस अहिले करिब देशभर गरि ४० वटाहलहरुमा एकसाथ प्रदर्शनमा भइरहेको छ । बिर्खेलाई चिन्छसमा सुबास थापा,विनिता खड्का,आयुषा राई आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई कलाकार तथा निर्माता सुवास थापाले चलचित्रलाई निर्माण गरेका हुन् भने अराज केशव गिरीले चलचित्रलाई निर्देशन गरेका हनु् । चलचित्र पुर्णतया कमेडी रहेको बताइएको छ । चलचित्रमा सुबास थापालाई विभिन्न भुमिकामा देख्न सकिन्छ ।

%d bloggers like this: