Fri. Apr 26th, 2024

भाद्र २१ गते काठमाडौंको आर्मी अफिसर क्लबमा सम्पन्न एनएफडिसी चलचित्र पुरस्कारबाट शिव’ सर्वोत्कृष्ट अभिनेताबाट नायक आर्यन सिग्देल र ‘भुवन’ सर्बोत्कृष्ट अभिनेत्रीको रुपमा नायिका गरिमा पन्त सर्वोत्कृष्ट नायक नायिका बनेका छन् । झोलाकी नायिका गरिमा पन्त र महसूसका नायक आर्यन सिग्देलले राष्ट्रिय फिल्म अवार्ड २०७० मा सर्वोत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड जित्न सफल भएका हुन् । चलचित्र झोलाले भने सबैभन्दा बढि अवार्ड हात पार्न सफल भएको छ । अर्थात चलचित्र झोलाबाट मात्र उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीसहित चार अवार्ड हात पारेको छ ।
hhhhhhhhhhh
श्रीलंकाका मन्त्री गोविन्दा नायके र आपूर्तीमन्त्री सुनिल थापाले कार्यक्रमको उद्घाटना गरेका थिए । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र मेकअप आर्टिस्ट साम्भा दिनकर पाटिललाई श्रदाञ्जली दिदै कार्यक्रम सुभारम्भ भएको थियो । नेपालका चर्चित कलाकारहरुको संगितिक प्रस्तुती समेत रहेको उक्त कार्यक्रममा प्राय सम्पुर्णले श्रीकृष्णलाई सम्झदै श्रदाञ्जली दिएका थिए । २० विधामा वितरण गरिएको एफएफडिसी चलचित्र पुरस्कारमा निम्न व्यक्ति तथा चलचित्रहरुले अवार्ड हात पार्न सफल भएका छन् ।
१.प्रदिप सर्वोत्कृष्ट ध्वनी पूनः मुद्रण : अमित श्रेष्ठ (मञ्जरी)
२.भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी (नोथिङ इम्पोसिबल)
३.मञ्जु सर्वोत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (नाई नभन्नु ल २)
४.तुलसी सर्वोत्कृष्ट सम्पादन : बद्री लामिछाने (महशुश)
५.शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
६.बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशन : कविराज गहतराज (स्लोली स्लोली, काली)
७.उदित सर्वोत्कृष्ट पाश्र्व गायन : प्रेम परियार (यी आँखामा, नाई नभन्नु ल २)
८.शम्भुजित सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा(यी आँखामा, नाई नभन्नु ल २)
९.चैत्य नव नायिका : सुजाता कोइराला(मञ्जरी)
१०.विश्व सर्वोत्कृष्ट नव नायक : गौरब पहारी (मञ्जरी)
११.बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : लक्ष्मी गिरी (झोला)
१२. निर सर्वोत्कृष्ट सह अभिनेता : रमेश वुढाथोकी (राजनीति)
१३.पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार : (शान्तीप्रिय)
१४.कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायीक चलचित्र (नाई नभन्नु ल २)
१५.मह जुरी सर्वोत्कृष्ट चलचित्र : प्रविण श्रेष्ठ र सुनिल मानन्धर (मोक्ष)
१६.चेतन सर्वोत्कृष्ट लेखन : अर्पण थापा (मौन)
१७. भूवन सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त (झोला)
१८.शिव सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
१९.हिरा सर्वोत्कृष्ट चलचित्र : झोला (मिडिया फर कल्चर प्राली र झोला इन्टरनेशनल)
२०.प्रकाश सर्वोत्कृष्ट निर्देशक : यादव भट्टराई (झोला)
10458171_485264424909813_125200248705479231_n
10646823_10203753862739810_7382230537507814765_n 10659247_735620503175662_4437532124010552426_n

%d bloggers like this: