Thu. Mar 28th, 2024

नेपाली चलचित्रक्षेत्रमा लागेका कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको आज १३ औं बार्षिक साधारण सभाबाट विभिन्न व्यक्तिहरुलाई संघले सम्मान गरेको  छ ।‘ संघले नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार’बाट निर्देशक तथा कलाकार रमेश वुढाथोकीलाई ५६ हजार नगदसहित सम्मान तथा प्रमाण पत्रले सम्मानित गरिएको छ । त्यस्तै नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७१’ बाट रंग पत्रकार विजय आवाज र सानुकाजी श्रेष्ठ,नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार’बाट कलाकार भीम बहादुर थापालाई नगद २१ हजारसहित सम्मान,‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान’बाट समिक्षक डा. प्रदिप भट्टराई र प्रतापचन्द्र तामाङ,‘नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान’बाट नायिका रिमा विश्वकर्मा,‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’बाट सानु ताम्राकार, विजय देउजा र रवि गिरीलाई आज उपराष्ट्रपति परमानन्द झाले सम्मान गर्नुभएको थियो ।ramesh-dai-copyसम्मान कार्यक्रम पछि संघको १३ औं साधारण सभालाई सम्बोधन गर्दे उपराष्ट्रपति परमानन्द झाले नेपाली कलाकार राष्ट्रका गहना भएको उल्लेख गर्दै चलचित्रकर्मीहरुले देशको विकासमा समेत सहभागी हुन आग्रह गर्नुभएको थियो । त्यस्तै संघको साधारण सभामा उपस्थित भएका नेपाल सरकारका मुख्यसचिव लिलामणी पौडेलले नेपाली कलाकारहरुले नेपालको शिर सधै उच्च बनाई राखेको भन्दै खुसी व्यक्त गरेका छन् ।10628615_10204734586222119_7035254270317824724_nनेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले चलचित्रक्षेत्रमा लागेका कलाकारहरुको हकहितमा कलाकार संघ सधै लागी पर्ने बताउदै सम्मान भएका चलचित्रकर्मी देखी पत्रकारलाई शुभकामना समेत दिएका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । नेपाल चलचित्र कलाकार संघको १३ औं साधारण सभा आज देखी काठमाडौंमा सुरु भएको छ ।

%d bloggers like this: