Thu. Apr 25th, 2024

हिजो अर्थात भाद्र २० गते देखी देशभर प्रदर्शनमा आएको चलचित्र बिर्खेलाई चिन्छसले यति बेला नेपाली बक्स अफिसमा निकै राम्रो व्यापार गरेको बताइएको छ । प्रदर्शनमा आएको हिजो मात्र ६० प्रतिशत ओक्कुपेन्सी सहित ओपेनिङ गरेको चलचित्र बिर्खेलाई चिन्छसले शनिबार प्राय चलचित्रहलहरुमा हाउसफुल दर्शक भित्राएको निर्माता तथा कलाकार सुवास थापाले बताएका छन् । कमेडी फिल्म भएका कारण पनि चलचित्र बिर्खेलाई चिन्छस हेर्न दर्शकहरुहलसम्म पुगेका बताइएको छ । खबरमा आए अनुसार काठमाडौं भ्याली भन्दा काठमाडौं बाहिर चलचित्रले सोचेअनुरुपको व्यापार गरिरहेको छ ।birkhai यति बेला स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको भिड अझैपनि नघटिरहेको अबस्थामा चलचित्र बिर्खेलाई चिन्छसले यतिको व्यापार गर्नु सुखद मान्निछ । यो पनि होकी चलचित्र स्टुपिड मन भाद्र २० गते नै देशभर प्रदर्शनमा आउने पक्का भएपनि अन्तिममा चलचित्रले प्रदर्शन मिति सारिदिदाँ चलचित्र बिर्खेलाई चिन्छसले एक्लै प्रदर्शनमा आउने मौका पाएको छ । त्यहि कारण पनि चलचित्रले केहि सोचेअनुरुपको व्यापार गरिरहेको छ । त्यस्तै नेपाली कलाकार सुनिल थापाद्धारा अभिनित बलिउड चलचित्र मेरी कोममा पनि दर्शकको भिड सोचेअनुरुपकै भएका कारण बिर्खेलाई चिन्छसले यतिको सुखद व्यापार गर्न सफल भएको छ । यति बेला चलचित्रको गीत,संगीतले निकै चर्चा कमाइरहेको बिर्खेलाई चिन्छसमा सुबास थापा,विनिता खड्का,आयुषा राई आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई कलाकार तथा निर्माता सुवास थापाले चलचित्रलाई निर्माण गरेका हुन् भने अराज केशव गिरीले चलचित्रलाई निर्देशन गरेका हनु् ।

%d bloggers like this: