Fri. Mar 29th, 2024

10471244_620868808034028_6921563896574294301_n‘चेतनारायण बसुन्धरा सम्मान पुरस्कार’ २०६९ / २०७० बाट आज वरिष्ठ कलाकार सेनानी भिम बहादुर थापा र शास्त्रीय संगीतज्ञ गोपालनाथ योगी सम्मानित भएका छन् । उक्त सम्मान २०५८ सालबाट प्रदान गरिदै आइएको थियो । नगद २५ हजार ५ सय १ र ताम्रपत्रसहित सम्मान गरिएको कार्यक्रममा न्युयोर्क कला मञ्च अमेरिकाले प्रदान गर्दै आइरहेको एचिभमेन्ट अवार्ड पनि वितरण गरिएको थियो । उक्त अवार्ड २०६९ सालबाट वरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझी र २०७० बाट वरिष्ठ लोकगायिका चन्द्रकला शाहले अवार्ड हात पारेका थिए । कार्यक्रममा हाँस्य कलाकार हरिवंश आर्चाय,दिपकराज गरी,नायक राजेश हमाल आदी कलाकारहरुको उपस्थिति रहेको थियो ।

%d bloggers like this: