Fri. Mar 29th, 2024

‘तेश्रो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७१’ आज काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ । १९ विधामा वितरण गरिएको उक्त लोकदोहोरी अवार्डमा सदाबाहार गीतबाट ‘सिन्धुली गढी घुमेर हेर्दा’ सम्मानित भएको छ ।10509482_10152457520569473_3508181816252968020_nउत्कृष्ट लोकदोहारी मोडल महिला विधाबाट पूणिर्मा श्रेष्ठ, पुरुषबाट महेन्द्र गौतम, लोकदोहोरी शब्दतर्फ शिव सुवेदी, लयतर्फ सहदेव कोइराला, लोकदोहोरी म्यूजिक भिडियो निर्देशकको तर्फबाट कपिल लामा,सर्वोत्कृष्ट लोकगीततर्फ हिमाल घले, प्रतियोगी गायकतर्फ प्रदिप रोक्का, प्रतियोगी गायिकातर्फबाट हरिमाया रायमाझी, संगीत संयोजनतर्फ तारानाथ आचार्य, रेकडिङतर्फ कुमार राना, छायांकारतर्फ राजेश घिमिरे,  वाध्यवाधकतर्फ यमन थापामगर,लोकदोहोरी साँझ गायकतर्फ तारपत्ती सुवेदी,गायिकातर्फ मनमाया वाइवा,नव गायकतर्फ  हेमन्त आले,नव गायिकातर्फ सावित्री परियारले अवार्ड हात पार्न सफल भएका छन् । त्यस्तै लोकदोहारी पत्रकारिता पुरस्कारबाट गोविन्द गिरीलाई सम्मानित गरिएको थियो भने दशकका गायकका रुपमा मिलन लामालाई सम्मानीत गरिएको छ । कार्यक्रम निकै भब्यरुपमा सम्पन्न भएको थियो ।

%d bloggers like this: