Fri. Apr 26th, 2024

मेकअप आर्टिस्ट साम्भा दिनकर पाटिल अर्थात (शम्भु क्षेत्री) का परिवारलाई आज कलाकार धुब्र दत्तले सम्बाका परिवारलाई १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । २०४० सालमा चलचित्र ‘बाशुदेव’ बाट मेकपक आर्टिस्टको रुपमा चलचित्रक्षेत्रमा लागी परेका साम्भाले करिब ३५ बर्ष चलचित्रक्षेत्रमा मेकपक आर्टिस्टको रुपमा विताएका थिए । उनको निधन पछि उनका परिवारलाई कुनै पनि ठाँउबाट साथ सहयोग नआएपछि आज प्राविधिक संघको कार्यलयमा उक्त रकम धुब्र दत्तले साम्भाका श्रीमतीलाई हस्तान्तरण गरेका छन् ।IMG_0006साम्भाको निधनमा भएको सम्पुर्ण खर्च धुब्र दत्तले हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा सहभागी भएका प्राविधिक संघका अध्यक्ष मनोज केसीले ‘आफुहरुले पनि साम्बाका परिवारलाई विभिन्न बेला साथ सहयोेग गर्दै आएको बताउदै अरु दिनमा पनि यस्ता सहयोग गर्दै आउने उनले बताए ।’ साम्भाको निधन ६० वर्षको उमेरमा भएको थियो । साम्भाको सम्झनामा शनिबार काठमाडौंमा हुन लागेको ‘एनएफडिसी चलचित्र पुरस्कार’ कार्यक्रममा उनलाई श्रदाञ्जली समेत दिइने कार्यक्रम रहेको छ ।

%d bloggers like this: