Tue. Apr 23rd, 2024

anju-panta-image-322a729e6b27de203e6827af34e263a5a5ee8e89d8गायिका अञ्जु पन्त

केहि दिन अगाडी हिन्दू गीत नगाउने भन्दै कमलादीमा रहेको मालाश्री रेकर्डिङ स्टुडियोबाट निस्किए सगै गायिका अञ्जु पन्त निकै विवादमा आएकी छिन् । जिन्दगीको करियर नै हिन्दू गीतबाट सुरु गरेकी अञ्जुले अहिले हिन्दू गीत नगाउने भन्दै हिड्पछि यति बेला देशभर नै उनीको विरोध हुन थालेको छ ।

siba-senaशिवसेना नेपालद्धारा जारी प्रेस विज्ञप्ती

हिजोमात्र आफुले कुनै पनि धर्मलाई होच्याउन नखोजेको भन्दै उनले पत्र समेत लेखेकी थिइन् । त्यसपछि पनि उनको अभिव्यक्ति प्रति धेरैले विरोध गरिरहेका छन् । त्यस्तै  शिवसेना नेपालले उनको गीत देशभर प्रतिबन्ध लगाउन सबैलाई आग्रह गरेको छ । नेपाली कला र समग्र राष्ट्रको नै अपमान गरेको भन्दै अञ्जुलाई यस क्षेत्रमा रहिरहन कुनै पनि अधिकार नभएको भन्दै शिवसेना नेपालले उनको गीत देशभर नै प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

anjuहिजो गायिका अञ्जु पन्तले लेखेको पत्र

अगामी दिनमा उनले गाएका गीतहरु समेत प्रतिबन्ध गराउने शिवसेना नेपालले चेतावनी दिएको छ । सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अञ्जुले स्विकार गरेकी थिइन् किनकी उक्त गीत हिन्दु धर्म सम्बन्धी थियो । त्यसकारण पनि हिन्दु धर्म सम्बन्धी गीत आफुले नगाउने भन्दै अन्जु हिडेपछि अञ्जुले हिन्दु धर्मको खिल्ली उडाएको भन्दै अन्जु प्रति यति बेला कडा आलोचना हुन थालेको छ । अञ्जुले धेरै गीतहरु हिन्दु धर्मको समेत गाएकी छिन् तर यस कुराले भने अञ्जु फ्यानहरु उनी प्रति निकै आक्रोसित बनेका छन् ।

%d bloggers like this: